सामाजिक फीड-
जनकपुरधाम, चैत १७ गते ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना ५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट नदीमा खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।
ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।