Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बारा, १८ चैत । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । सोमबारबाट हुन लागेको अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ प्रतिनिधि आउन लागेका छन् ।

यसैबीच, एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षका लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्ष पदका आकाक्षीहरूमा कोल्हवी नगरपालिकाका पूर्वप्रमुख भरतबहादुर भण्डारी, अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको वर्तमान उपाध्यक्ष टिना सुवेदी छन् ।

यसअघि नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो । अधिवेशन मंगलबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *