सामाजिक फीड,
रौतहट, १८ चैत्र । मन्त्रीलगायत भीआईपीहरूसँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी गर्दै आएका एक जना पक्राउ परेका छन् ।
विभिन्न जिल्लामा पुगेर सर्वसाधारणलाई ठगी गर्दै आएका राैतहटको दुर्गा भगवती गाउँपालिका–६ घर भई गौर–५ बस्ने ३० वर्षीय पवनकुमार सोनीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिवि शिक्षण अस्पताल काठमाडौँस्थित बीए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी उनीमाथि आरोप छ ।
बहालवाला तथा पूर्वमन्त्रीहरू तथा अन्य भीआईपीसँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामाङ्कन गराइदिने भन्दै सोनीले डोटीको शिखर नगरपालिका–११ की बिमला बोहरासँग आठ लाख १० हजार ठगेको उजुरीको परेको थियो । सोनीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको छ ।