Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बारा, १७ चैत । केही दिनअघि बाराको निजगढमा तीन जनाको ज्यान जाने गरी भएको विष्फोटन घटनाका सबै आरोपी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत बाराले बम विष्फोटमा दोषी भनिएका निजगढ–९ का कबाडी पसले निजगढ–९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना. ५ ख ९७२७ का ट्रक चालक निजगढ–९ नदीकट्टाका बासु लामा र सहचालक सोही ठाउँ बस्ने टीकाराम पाख्रिन जनही १ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

यसअघि गत बुधवार अदालतले सोही अभियोगमा पक्राउ परेका धनुषा धारापानीका कबाडी पसले शिवशंकर माली र सोही कवाड पसलमा कबाडको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका–९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश प्रसाद जयसवाल, कबाडीको सामान बोक्ने ना. ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका– २ स्थित न्यू शिव स्क्रयापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका– १ निवासी वर्षीय ४१ शिवशंकर साह, कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको थियो ।

उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुर्दा दर्ता गरी ११ चैतमा बारा जिल्ला अदालतमा पेश गरिएको थियो । फागुन १४ गते ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन् । विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *