सामाजिक फीड,
काठमाडाैँ, १८ चैत्र । मधेशी आयोगले तराई/मधेशको दक्षिण क्षेत्रको विकासमा संयुक्त राष्ट्रसंघलाई थप सहयोग गर्न आग्रह गरेको छ । आइतबार आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले संयुक्त राष्ट्रसंघकी स्थायी प्रतिनिधि हन्ना सिंगार हाम्डीसँगको भर्चुवल बैठक यस्तो आग्रह गरेका हुन् ।
डा. दत्तले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न निकायहरूको तराई-मधेशका पिछडिएका क्षेत्रमा प्रभावकारी उपस्थिति बढाउन पनि आग्रह गरे । तराई-मधेशको विकासले मात्र देशको विकास सम्भव हुने भन्दै दत्तले विकासका निमित हामी सबै हातेमालो गरी अगाडि बढ्नुपर्ने अनुरोध गरे ।

बैठक यू.एनकी स्थायी प्रतिनिधि हाम्डीले यस्ता महत्वपूर्ण विषयमा आफूलाई ध्यानकर्षण गराएकोमा अध्यक्ष डा. दत्तलाई धन्यवाद दिँदै यथाशीघ्र सयुक्त राष्ट्रसंघको नेपालको कार्यालयले आयोगसँग सहकार्य गरी तराई-मधेशमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।