रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक जलेश्वरमा सुरु हुँदै

महोत्तरी । ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । बैठक दिउँसाे महोत्तरीको जलेश्वरमा सुरु हुने पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । तीन दिन चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा पार्टीको दीर्घकालीन […]
आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै जनमत

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । आज रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा यो दिनवस मनाइँदै छ । २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र […]
जसपाले लुम्बिनी प्रदेश र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गर्ने

काठमाडौँ, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । जसपाले गण्डकी प्रदेश समिति र पहिचानका आधारमा बनाइएका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति शनिबार पुनर्गठन हुन लागेको जनाएको हो । पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत् संगठन गठन, पुनर्गठन तथा रूपान्तरणको […]
बाचा पूरा गर्न हुलाकी राजमार्गमा रोजगारी खोज्दै जनमत

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । जनमत पार्टीले हुलाकी राजमार्गमा रोजगारी सृजना गर्ने सम्बन्धी अध्ययन थालेको छ । कृषि र रोजगारीलाई मुख्य एजेण्डा बनाएर चुनावमा होमिएको जनमत पार्टीले १० लाख रोजगारी दिने बाचा गरेको थियो । हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सृजना गर्ने सम्बन्धी अध्ययन गर्न जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली खटिएका […]
मधेश प्रदेश : जसपाबाट प्रदेश सांसद बनेकी सञ्जिलाकुमारी यादवले लिइन् सपथ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ६ गते । जनता समाजवादी पार्टी (जसपा)बाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको शपथ लिएकी छन् । केहीदिन अघि समानुपातिक प्रदेश सांसद बनेकी उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन एक समानुपातिक […]
भ्रष्टाचारी ठहर पप्पु कन्ट्रक्सनका मालिक एमालेमा प्रवेश, ओलीले गरे स्वागत

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको जसपाका नेता हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई मंगलबार पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियार अघिल्लो संसदमा जसपाका सांसद थिए । तर उनको निर्माण कम्पनीले बनाएको […]
नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ मा बस्ने

काठमाडौँ, ३० कार्तिक । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक मंसिर ६ मा सुरु हुने भएको छ । दुई दिन चल्ने बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयलगायत एजेण्डा रहेको महासचिव रमेश यादवले जानकारी दिएका छन् । बैठकमा नेसपाको जारी अभियान, सङ्गठन […]
३० दिने अल्टिमेटमसहित मधेश सरकारले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझायो

काठमाडौँ, २३ कार्तिक । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ३० दिनको अल्टिमेटमसहित मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र […]
प्रहरी समायोजन गर्न संघीय सरकारलाई मधेश सरकारको ३० दिने अल्टिमेटम

सामाजिक फीडजनकपुरधाम, कार्तिक २२ गते । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिएको छ । बुधबार मधेश सरकारले पत्रकार सम्मेलन गर्दै अल्टिमेटसहितको ज्ञापन पत्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई बुझाउने जनाएको छ । ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वमा मन्त्री तथा दलका नेताहरुको टोलि बिहीबार बिहान काठमाडौं जाँदै छन् । मुख्यमन्त्री यादवले […]
संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गर्दै मधेश सरकार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय […]