समाजिक फीड
काठमाडौं, पुस २६ गते ।
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन् ।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।
‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ । विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ,’ उनले भनिन् ।
यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको उनले बताइन् । अन्तर्राष्ट्रिय धेरै देशमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि उनको भनाइ थियो ।
सभापति राणाले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्न हुनसक्ने बताइन् ।
‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ । विवाहका लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु सन् २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन ।
लिगल केही कुरा ल्याउन सकियौँ भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्यो । त्यो बेला नागरिकता हुनैपर्यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ,’ उनले थपिन् ।