Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ पुष । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टीको विधान मस्यौदा, कार्यविभाजन र अभियानको समीक्षा गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो ।

समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *