काठमाडौँ, २७ पुस । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ मा सुरु हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
जसपाले माघ ३ गते मधेश दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णयसमेत गरेको छ । दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक बसेको थियो ।