समाजिक फीड
जनकपुरधाम, पुस २९ गते ।
रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ ।
फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।
२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको थियो ।
जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।
७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए ।
न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।