Samajik Feed – News Portal from Nepal


समाजिक फीड

जनकपुरधाम, पुस २७ गते ।


मधेश प्रदेशको तीन स्थानीय तहले अहिलेसम्म आफ्नो बजेट ल्याउन सकेको छैन ।

चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा समेत सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्नो बजेट ल्याउन नसकेको हो ।

असार १० गतेसम्ममा नगरसभा गर्नुपर्ने प्रावधान छ । तर जनप्रतिनिधिहरुबीचको विवादका कारण तीनवटै तीन स्थानीय तहले आफ्नो बजेट ल्याउन सकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ३ स्थानीय तह बाहेक देशका सबै स्थानीय तहले आफ्नो बजेट ल्याइसकेको छ ।


स्थानीय तहले समयमा बजेट नल्याउँदा तीन वटै स्थानीय तहको काम प्रभावित भएको छ । बजेट नल्याउँदा कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् भने अन्य कामहरु समेत ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *