गर्मी तत्काल कम नहुने, तराई–मधेश ‘रेड जोन’ मा (माैसम बुलेटिनसहित)

काठमाडौँ, २४ जेठ । अत्यधिक गर्मी तत्काल नरोकिने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी जेठ २४ देखि २८ सम्मको माैसम पूर्वानुमान सार्वजनिक गरेको हो । जसअनुसार तराई–मधेशका अधिकांश भूभागलाई ‘रेड जोन’ मा राखिएको छ । यस भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको […]
कोशी प्रदेश नामाकरणसँग असन्तुष्ट पक्षसँग संवाद गर्न वार्ता टोली गठन

विराटनगर, २४ जेठ । कोशी प्रदेश सरकारले प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सिँचाइमन्त्री तिलकुमार मेयाङवोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा कृषिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता भक्ति सिटौला र सामाजिक विकासमन्त्री बुद्धि राजभण्डारी सदस्य छन् । केही दिनअघि […]
काठमाडौँको ठमेलमा एक युवतीको कुटपिट गरी हत्या

काठमाडौँ, २४ जेठ । काठमाडौँको ठमेलमा एक युवतीको हत्या भएको छ। काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । जेनिशालाई कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई […]
नागरिकताविहीन युवाद्वारा विरोध प्रदर्शन, ओलीसहित नेताको पुतला दहन

धनुषा, २३ जेठ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निरन्तर विरोध भइरहेको छ । अदालतको आदेशको विरोधमा नागरिकताविहीन युवाहरूले मंगलबार पनि विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । उनीहरूले ठाउँठाउँमा टायर बालेर सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाविरुद्ध नाराबाजी गरेका छन् । धनुषाका […]
काेशी सरकारबाट बाहिरिने माओवादीको निर्णय

विराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार विराटनगरमा बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ । बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता […]
नवलपरासी पश्चिममा एक दम्पतीको हत्या

रुपन्देही, २३ जेठ । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । सोमबार राति प्रतापपुर गाउँपालिका– ८ पथलहनीका ५५ वर्षीय तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो । बसोबास गर्दै आएको गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । प्रहरीले […]
जसपाद्वारा केन्द्रीय प्रचारप्रसार उपसमिति गठन

काठमाडौँ, २२ जेठ । जनता समाजवादी पार्टीले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सोमबार ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको हो । जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उपसंयोजकको जिम्मेवारी तोकिएको छ । […]
नागरिकता ऐन कार्यान्वयनमा रोक लगाइएपछि विभिन्न स्थानमा प्रदर्शन

जनकपुरधाम, २२ जेठ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विरोध भएको छ । अदालतको आदेशसँगैै नागरिकताविहीन युवाहरूले सोमबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । उनीहरूले धनुषाको जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पनि प्रदर्शन गरेका छन् । नागरिकता नदिएर आफूहरूलाई सँधै अनागरिक बनाइराख्ने षड्यन्त्र भएको उनीहरूको आरोप छ […]
संसद् बैठक अवरुद्ध गर्ने एमालेको तयारी

काठमाडौँ, २१ जेठ । नेकपा एमालेले आज संसद् अवरुद्ध गर्ने तयारी गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपाली भूमि कालापानी क्षेत्रको विकल्प खोज्न सकिनेबारे दिएको अभिव्यक्तिको विरोधमा एमालेले संसद् अवरुद्ध गर्ने तयारी गरेको हो । एमालेले दुवै विषयमा प्रधानमन्त्रीको जवाफ माग्ने जनाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले […]
दक्षिण भारतीय अभिनेता एवं निर्देशक नितिन गोपीको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता एवं निर्देशक नितिन गोपीको निधन भएको छ । शुक्रबार हृदयघातका कारण नितिनको निधन भएको हो । ३९ वर्षका नितिन बेंगलुरुको इट्टामाडुमा रहेको आफ्नो घरमा असहज र छाती दुखेको अनुभव गरेपछि अस्पताल लगिएको थियो । नितिनले उपचारमा प्रतिक्रिया नदिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । युवा प्रतिभा नितिनको निधनले चलचित्रकर्मीहरूलाई […]