Samajik Feed – News Portal from Nepal

विराटनगर, २४ जेठ । कोशी प्रदेश सरकारले प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सिँचाइमन्त्री तिलकुमार मेयाङवोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा कृषिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता भक्ति सिटौला र सामाजिक विकासमन्त्री बुद्धि राजभण्डारी सदस्य छन् ।

केही दिनअघि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरू आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *