रुपन्देही, २३ जेठ । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।
सोमबार राति प्रतापपुर गाउँपालिका– ८ पथलहनीका ५५ वर्षीय तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।
बसोबास गर्दै आएको गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।