काठमाडौँ, २२ जेठ । जनता समाजवादी पार्टीले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
सोमबार ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको हो ।
जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उपसंयोजकको जिम्मेवारी तोकिएको छ ।
समिति समस्यमा महेश चौरसिया, सीताराम साह, योगेन्द्रराय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साहलाई चयन गरिएको छ ।
जसपाका प्रवक्ता मनिस सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलाई उपसमितिको आमन्त्रित समस्य राखिएको छ । जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौँमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ ।