Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ जेठ । काठमाडौँको ठमेलमा एक युवतीको हत्या भएको छ।

काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

जेनिशालाई कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। उनीहरू भगवती बहालमा ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको पनि प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो । मादक पदार्थ सेवन गरेका रञ्जितकारले कुटपिट गरी जेनिशालाई गम्भीर घाइते बनाएका थिए । जेनिशाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *