Samajik Feed – News Portal from Nepal

विराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मंगलबार विराटनगरमा बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ । बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ ।

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *