Samajik Feed – News Portal from Nepal

काठमाडौँको सिनामंगलमा गोली चल्यो

काठमाडौँ, २८ जेठ । काठमाडौँको सिनामंगलमा गोली चलेकाे छ । आज बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । त्रिभुवन विमानस्थलनजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्यूरोको टोलीले गोली चलाएको हो । लागूऔषधका कारोबारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । samajik_feedsamajikfeed.com

उफ ! गर्मी, मधेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना (माैसम बुलेटिनसहित)

काठमाडौँ, २८ जेठ । करिब दुई सातादेखि बढेको गर्मीका कारण देशभरिको जनजीवन कष्टकर बन्दै गएकाे छ । गर्मीका कारण सबैभन्दा बढी तराई मधेश प्रभावित बनेकाे छ । यस क्षेत्रमा लु को जाेखिम बढेको छ । अत्यधिक गर्मी र तातो हावाका कारण अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्कन जयवायु विज्ञहरूले सर्वसाधारणलाई सचेत गराउँदै आएका छन् । असार […]

मैथिली अभियानीले मधेश प्रज्ञा प्रतिष्ठानसमक्ष १२ बुँदे मागपत्र बुझाए

जनकपुरधाम, २६ जेठ । मैथिली भाषा, साहित्य र कलासम्बद्ध संघसंस्थाहरूले विभिन्न माग राखेर मधेश प्रज्ञा प्रतिष्ठानलाई मागपत्र बुझाएका छन् । शुक्रबार विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा १२ सूत्रीय माग राखी प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि ‘भ्रमर’ लाई मागपत्र बुझाएका हुन् । यी संगठनहरूले मैथिली भाषाको संरक्षण तथा सम्बर्द्धनका लागि आवश्यक कदम उठाउन प्रतिष्ठानलाई दबाब दिएका छन् । […]

रेमिट्यान्स बढ्यो, पछिल्लो १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो

काठमाडाैँ, २६ जेठ । अघिल्लो वर्षको तुलनामा यस वर्ष रेमिट्यान्समा वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक […]

नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिटको पेशी मंगलबारलाई सर्‍यो

काठमाडौँ, २५ जेठ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटको पेशी मंगलबारका लागि सारिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन आदेश दिएको छ । सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि […]

सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु

सिन्धुली, २६ जेठ । सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालकिा–१२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको हो । कार्कीलाई आज बिहान घरकै पेटीमा सर्पले डसेको थियो । दुधौली नगरपालिका–७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि उनलाई सिरहाको कर्जन्हा फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइएको थियो । […]

शुभेन्द्रले ८५ घण्टापछि अनशन तोडे

सिरहा, २५ जेठ । सिरहाको कल्याणपुर नगरपालिकासँग सहमति भएपछि एक युवाले चार दिनदेखि जारी राखेको अमरण अनशन तोडेका छन् । कल्याणपुर नगरपालिका–१० का ३२ वर्षीय शुभेन्द्र साहले ८५ घण्टापछि अनशन तोडेका हुन् । उनी आइतबार बिहान ११ बजेदेखि अनशन बसेका थिए । परमेश्वर साह संयोजक रहेको नगरपालिकाको वार्ता टोली र अनशनरत पक्षका संयोजक गजेन्द्रप्रसाद साहको […]

ग्रेटर नेपालको नक्सा मेयर बालेनको कार्यकक्षमा

२५ जेठ, जनकपुर । महानगरपालिकाका काठमाडौंको मेयर बलेन शाहले आफ्नो कुर्शीको पछाडी भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमि लुम्बानी कपिलवस्तु समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको छ। त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । मेयर […]

नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा छ: लामिछाने

काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका हुन् । यद्यपि विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरूको असहमति रहेको उनले प्रष्ट पारेका […]

झापामा बलात्कारको अभियोगमा एक जना पक्राउ

झापा, २५ जेठ । झापामा युवतीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले कनकाई नगरपालिका–३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका–५ घर भएका २३ वर्षीय उज्वल राईलाई पक्राउ गरेको हो । एक २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उनीमाथि आरोप छ । युवतीलाई राईले जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय […]