Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २८ जेठ । काठमाडौँको सिनामंगलमा गोली चलेकाे छ । आज बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

त्रिभुवन विमानस्थलनजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्यूरोको टोलीले गोली चलाएको हो । लागूऔषधका कारोबारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *