झापा, २५ जेठ । झापामा युवतीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले कनकाई नगरपालिका–३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका–५ घर भएका २३ वर्षीय उज्वल राईलाई पक्राउ गरेको हो ।
एक २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उनीमाथि आरोप छ । युवतीलाई राईले जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।