Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका हुन् । यद्यपि विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरूको असहमति रहेको उनले प्रष्ट पारेका छन् ।

लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरूको स्पष्ट धारणा रहेको पनि बताएका थिए ।

रास्वपा नागरिकता विधेयकको विपक्षमा रहेको भन्दै नागरिकताविहीन युवाहरूले असन्तुष्टि जनाउन थालेपछि लामिछानेको प्रष्टीकरण आएको हो ।

एक दिन मात्र अनागरिक हुँदा लामिछानेले एकदमै पीडा महसुस गरेको भए पनि आफूहरू वर्षाैदेखि भोग्दै आएको पीडा उनले महसुस गर्न नसकेको नागरिकताविहीन युवाहरूको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *