सिन्धुली, २६ जेठ । सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालकिा–१२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको हो । कार्कीलाई आज बिहान घरकै पेटीमा सर्पले डसेको थियो ।
दुधौली नगरपालिका–७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि उनलाई सिरहाको कर्जन्हा फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।