Samajik Feed – News Portal from Nepal

२५ जेठ, जनकपुर । महानगरपालिकाका काठमाडौंको मेयर बलेन शाहले आफ्नो कुर्शीको पछाडी भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमि लुम्बानी कपिलवस्तु समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको छ। त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

मेयर बलेंद्रले आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो । मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । भारत जानु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको हो । मेयर शाह बस्ने कुर्सिको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *