स्वर्गीय डा. साहको स्मृतिमा अक्षयकोष स्थापना गरिने

जनकपुरधाम, ३१ जेठ । वरिष्ठ चिकित्सक स्वर्गीय डा. रामकेवल साहको स्मृतिमा अक्षयकोषको स्थापना हुने भएको छ । स्वर्गीय डा. साहका छोराहरू इन्जिनियर धीरज साह र डा.नीरज साहले प्रारम्भमा १० लाखको अक्षयकोष स्थापना गर्ने जानकारी दिनुभएको हो । अक्षयकोषबाट जेहेन्दार तथा आर्थिक रूपले समस्यामा परेका छात्र–छात्राहरूलाई छात्रवृत्तिका साथै अशक्तहरूको उपचारमा सहयोग गरिनेछ । यसैबीच, स्वर्गीय डा. […]
अनागरिक निरजले गरे आत्मदाहको प्रयास

काठमाडौँ, ३० जेठ । नागरिकता नदिएको भन्दै काठमाडाैँमा संघर्षरत एक युवा आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले आज दिउँसो माइतीघरमा आत्मदाह प्रयास गरेका हुन् । सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा माइतीघरमा निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएको छ । मंगलबार पनि धर्नाका क्रममा कामतले पेट्रोल खन्याएर […]
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । स्रोतका अनुसार पौडेललाई […]
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज सुनुवाइ

काठमाडौँ, ३० जेठ । गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको हो । गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा मुद्दा दर्ता गराउनुभएको थियो । २०६४ चैत २७ गते तत्कालीन […]
महोत्तरीको बर्दिबासमा युवती बलात्कृत, एक जना पक्राउ

महोत्तरी, ३० जेठ । युवती बलात्कारको आरोपमा महोत्तरीको बर्दिबासमा एक जना पक्राउ परेका छन् । २१ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बर्दिबास नगरपालिका-१० खैरबनाका ४५ वर्षीय सोमबहादुर थिङलाई पक्राउ गरेको हो । युवतीलाई खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीले थिङलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]
प्युठानको स्वर्गद्वारीमा कार दुर्घटना, ८ जनाको मृत्यु

प्युठान, २९ जेठ । प्युठानको स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–४ भेतुकेमा भएको दुर्घटनामा ४ बालबालिका, दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो । उनीहरूको सनाखत हुन बाँकी छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा लु. १ च ६३४५ नम्बरको कार अनियन्त्रिण भई ५० मिटर तल खसेको […]
नागरिकताविहीनहरू काठमाडौँमा एकत्रित हुँदै, सोमबार र्याली निकालियो

काठमाडौँ, २९ जेठ । सर्वोच्च अदालतले मंगलबार गर्ने सुनुवाइलाई ध्यानमा राखेर नागरिकताविहीन युवाहरू काठमाडौँकेन्द्रित हुन थालेका छन् । न्यायका लागि दबाब दिन भन्दै अनागरिकहरूले निरन्तर धर्ना र प्रदर्शन गर्दै आएका छन् । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमाथिको सुनुवाइ मंगलबार हुँदैछ । सुनुवाइको अघिल्लो दिन सोमबार विभिन्न जिल्लाबाट आएका अनागरिकहरूले काठमाडौँमा दबाबमुलक र्याली निकालेका हुन् । […]
बारा मालपोत कार्यालयका दुई खरिदारविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ, २९ जेठ । बारा मालपोत कार्यालयका दुई खरिदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । घुस लिएको आरोपमा पक्राउ परेका खरिदारद्वय रामविश्वास साह र गौरीशंकरकुमार कुशवाहाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले […]
निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही हुने

काठमाडौँ, २९ जेठ । निजामती कर्मचारीले कार्यालय समयमा कार्यालयको पोशाक लगाएर टिकटक बनाए कारबाही हुने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हो । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता […]
अस्ट्रेलियालाई टेष्ट च्याम्पियनसिप क्रिकेटको उपाधि

एजेन्सी । अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता जितेको छ । इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा खेलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टेष्ट च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२२–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित […]