Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २९ जेठ । बारा मालपोत कार्यालयका ​दुई खरिदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घुस लिएको आरोपमा पक्राउ परेका खरिदारद्वय रामविश्वास साह र गौरीशंकरकुमार कुशवाहाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उनीहरूलाई घुससहित पक्राउ गरेको थियो ।

उनीहरूविरुद्ध सोमवार १५ हजार बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ ।

उनका अनुसार खरिदार साहले १५ हजार घुस माग गरी कुशवाहलाई लिन लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *