महोत्तरी, ३० जेठ । युवती बलात्कारको आरोपमा महोत्तरीको बर्दिबासमा एक जना पक्राउ परेका छन् ।
२१ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बर्दिबास नगरपालिका-१० खैरबनाका ४५ वर्षीय सोमबहादुर थिङलाई पक्राउ गरेको हो ।
युवतीलाई खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीले थिङलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।