Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् ।

मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ ।

मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । स्रोतका अनुसार पौडेललाई हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको छ । एन्जिओप्लाष्ट गरेर मुटुको बन्द धमनी खुलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *