Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २९ जेठ । निजामती कर्मचारीले कार्यालय समयमा कार्यालयको पोशाक लगाएर टिकटक बनाए कारबाही हुने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हो ।

कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *