Samajik Feed – News Portal from Nepal

प्युठान, २९ जेठ । प्युठानको स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–४ भेतुकेमा भएको दुर्घटनामा ४ बालबालिका, दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

उनीहरूको सनाखत हुन बाँकी छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा लु‍. १ च ६३४५ नम्बरको कार अनियन्त्रिण भई ५० मिटर तल खसेको हो ।

मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *