Samajik Feed – News Portal from Nepal

एजेन्सी । अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता जितेको छ । इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा खेलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टेष्ट च्याम्पियनसिपको उपाधि जितेको हो ।

यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२२–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित भएको हो ।

पहिलो पारीमा २ सय ९६ रन बनाएको भारत दोस्रो पारीमा २ सय ३४ रनमा अल आउट भएको थियो । पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ७० रन बनाएको स्थितिमा पारी समाप्तीको घोषणा गर्दै भारतलाई ४ सय ४४ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।

विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए । टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर पाएको छ । भारतले भने ८ लाख डलर पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *