मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

मुम्बई । एक व्यक्तिले भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की दिएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका अम्बानीलाई इमेलमार्फत् यस्तो धम्की आएको हो । ती व्यक्तिले इमेलमार्फत् अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरे मार्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ । यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका हुन् । समाचार एजेन्सी […]
रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु

रौतहट, १० कार्तिक । रौतहटको माधवनारायणमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान काठमाडौँबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना. ६ ख १४६३ नम्बरको बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको मृत्यु भएको हो । दास आफ्नै घर अगाडि धुनी तापेर बसिरहेका बेला […]
मुगुमा एकै परिवारका चार जनाको हत्या

मुगु, १० कार्तिक । मुगुको छायाँनाथ रारामा एकै परिवारका चार जनाको हत्या भएको छ । छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको हो । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने प्रहरीको अनुमान छ । आफन्तले […]
त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको उपाधि यूएईले जित्यो

काठमाडौँ, १० कार्तिक । नेपालमा भएको त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको उपाधि यूएईले जितेको छ । नेपाल, यूएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। शुक्रबार त्रिवि मैदानमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन […]
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार काठमाडाैँ आउने

काठमाडौँ, १० कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । महासचिव गुटेरेसले कार्तिक १२ गते आइतबार काठमाडाैँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । गुटेरेसले कात्तिक १४ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यतालिका छ । उनको भ्रमणका बेला दुवै सदनको संयुक्त बैठक बस्ने […]
बाँकेको कोहलपुरमा डीएसपीमाथि चक्कु प्रहार

बाँके, १० कार्तिक । बाँकेको कोहलपुरमा प्रहरी नायव उपरीक्षक डीएसपी सुन्दर तिवारीमाथि चक्कु प्रहार भएको छ । गएराति कोहलपुर–२ दीपनगरका कुशल थापाले डीएसपी तिवारीमाथि चक्कु प्रहार गरेको हो । आफ्नै २० दिनको छोरालाई बन्धक बनाएर ज्यान मार्ने धम्की दिएपछि उद्धारका लागि पुगेका तिवारीमाथि मानसिक सन्तुलन ठिक नभएका थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेर […]
जनकपुरधाममा एक जनाको शव फेला

जनकपुरधाम, ९ कार्तिक । जनकपुरधाममा एक जनाको शव फेला परेको छ। बिहीबार जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षका युवकको शव फेला परेको हो । मृतकको सनाखत हुन बाँकी छ । युवकको शरीरमा रगत देखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिएका छन् । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको […]
मधेशका शक्तिपीठ तथा दुर्गा मन्दिरमा ‘खोइँछ’ भर्ने व्रतीको भीड

जनकपुरधाम, ५ कार्तिक । मधेशका शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा खोइँछ भर्ने र प्रसाद चढाउने श्रद्धालुहरूको भीड लागेको छ । सप्तमीमा फूलपाती विधि सम्पन्न भएपछि सुरु हुने खोइछ भर्ने विधि अष्टमीसम्म जारी रहने गर्छ । अन्य स्थानमा जस्तै जनकपुरधामको राजदेवी मन्दिरमा पनि सप्तमीको मध्यरातिदेखि नै खोइँछ भर्न आउने महिलाहरू लामो लाइन लगेको थियो । खोइँछ भर्ने […]
इजरायलमा मृत्यु भएका तीन नेपालीको शव काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ कार्तिक । हमासको हमलामा परी इजरायलमा मृत्यु भएकामध्ये तीन जनाको शव काठमाडौँ ल्याइएको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो । पहिलो चरणमा नेपाल पठाइएका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको […]
इजरायलले गाजामाथि गरेकाे हमलाको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ, ३ कार्तिक । इजरायलले प्यालेस्टाइनको गाजामा गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालय अगाडि प्रदर्शन गरेको हो । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईसमेत सहभागी थिए । प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्यालेस्टाइन स्वतन्त्र हुन पाउनुपर्नेलगायत मागसहितका प्ले कार्ड बोकेका थिए । samajik_feedsamajikfeed.com