Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३ कार्तिक । इजरायलले प्यालेस्टाइनको गाजामा गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालय अगाडि प्रदर्शन गरेको हो । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईसमेत सहभागी थिए ।

प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्यालेस्टाइन स्वतन्त्र हुन पाउनुपर्नेलगायत मागसहितका प्ले कार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *