Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ५ कार्तिक । हमासको हमलामा परी इजरायलमा मृत्यु भएकामध्ये तीन जनाको शव काठमाडौँ ल्याइएको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो ।

पहिलो चरणमा नेपाल पठाइएका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ ।

अक्टोबर ७ मा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *