बाँके, १० कार्तिक । बाँकेको कोहलपुरमा प्रहरी नायव उपरीक्षक डीएसपी सुन्दर तिवारीमाथि चक्कु प्रहार भएको छ । गएराति कोहलपुर–२ दीपनगरका कुशल थापाले डीएसपी तिवारीमाथि चक्कु प्रहार गरेको हो ।
आफ्नै २० दिनको छोरालाई बन्धक बनाएर ज्यान मार्ने धम्की दिएपछि उद्धारका लागि पुगेका तिवारीमाथि मानसिक सन्तुलन ठिक नभएका थापाले चक्कुको झटारो हानेका थिए ।
चक्कु लागेर डीएसपी तिवारी घाइते भएका छन् । थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । डीएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरीले जनाएको छ । सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै थापाले चक्कु प्रहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो ।