भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म एनटीसीका सेवाहरू नि:शुल्क

काठमाडाैँ, १८ कार्तिक । नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटमा पाँच दिनसम्म नि:शुल्क सेवा दिने जनाएको छ । कम्पनीले सूचना आदान-प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनसम्म निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराएको छ । त्यस्तै निःशुल्क सिम पनि उपलब्ध गराउने टेलिकमले जनाएको छ। टेलिकमकाअनुसार […]
भूकम्पमा परी नलगाडकी उपमेयर सरिता सिंहको निधन

जाजरकोट, १८ कार्तिक । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सिंह गत स्थानीय निर्वाचनमा […]
भूकम्प: मृतकको संख्या १ सय २८ पुग्यो

काठमाडौँ, १८ कार्तिक । गएराति नेपालमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । मृतकको संख्या जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ पुगेको हो । भूकम्पका कारण भेरी नगरपालिकास्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । […]
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प

काठमाडौँ, १७ कार्तिक । नेपालमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राति ११:४७ मिनेटमा जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभर महसुस भएको थियो । samajik_feedsamajikfeed.com
नेपालमा भूकम्पको धक्का महसुस

जनकपुरधाम, १७ कार्तिक । शुक्रबार राति नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। राति ११ः५० बजेतिर जनकपुरधाम, काठमाडाैँलगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । थप जानकारी आउन बाँकी छ। samajik_feedsamajikfeed.com
छोरा बचाउन नदीमा हाम फालेकी आमाको मृत्यु

काठमाडौं, १७ कार्तिक । कालीगण्डकीमा डुबेका छोरा बचाउन नदीमा हामफल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका–६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा कालीगण्डकी नदीमा खसेका ४ वर्षका छोरा रियान्सलाई बचाउन हाम फालेकी उनी गम्भीर घाइते भएकी थिइन् । त्यसक्रममा प्रहरीले कालीगण्डकी नदीबाट […]
राष्ट्रपति पाैडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाँदै

काठमाडाैँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा हुने ‘पेरिस पीस फोरम’ मा भाग लिन यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने सरकारले जनाएको हो । त्यस पश्चात् पौडेलको जर्मनी र इटालीको भ्रमण जाने कार्यक्रम स्वीकृत भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता […]
नेपाल आईसीसी टी–२० विश्वकपमा छनाैट

काठमाडौँ, १७ कार्तिक । नेपाल आईसीसी टी–२० विश्वकपका लागि छनाैट भएको छ । शुक्रबार विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेल्ने माैका पाएको थियो । शुक्रबार भएको छनाैट खेलमा यूएईले […]
ज्वेलर्सबाट एक क्वीन्टल चाँदीका गहना बरामद्

विराटनगर, १७ कात्तिक । विराटनगरमा भारतबाट तस्करी गरी ल्याइको एक क्वीन्टल चाँदीका गहना बरामद् भएको छ । सरकारी टोलीले विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्समा छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको हो । तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि […]
नेपालमा डेंगु संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौँ, १७ कार्तिक । नेपालमा यो वर्ष डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् । नेपालमा डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । samajik_feedsamajikfeed.com