काठमाडाैँ, १८ कार्तिक । नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटमा पाँच दिनसम्म नि:शुल्क सेवा दिने जनाएको छ । कम्पनीले सूचना आदान-प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनसम्म निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराएको छ ।
त्यस्तै निःशुल्क सिम पनि उपलब्ध गराउने टेलिकमले जनाएको छ। टेलिकमकाअनुसार उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध गराइने छ । त्यसैगरी उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा उपलब्ध गराउनेसमेत टेलिकमले जनाएको छ।
विषम परिस्थितिमा नेपाल टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सञ्चालनमा राख्ने प्रतिबद्धता पनि जनाएको छ ।