जाजरकोट, १८ कार्तिक । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।
सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन् ।
भूकम्पमा परी गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।