काठमाडाैँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा हुने ‘पेरिस पीस फोरम’ मा भाग लिन यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने सरकारले जनाएको हो ।
त्यस पश्चात् पौडेलको जर्मनी र इटालीको भ्रमण जाने कार्यक्रम स्वीकृत भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् । राष्ट्रपति पौडेल मंसिर १ गते स्वदेश फर्किने छन् ।