काठमाडौं, १७ कार्तिक । कालीगण्डकीमा डुबेका छोरा बचाउन नदीमा हामफल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका–६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा कालीगण्डकी नदीमा खसेका ४ वर्षका छोरा रियान्सलाई बचाउन हाम फालेकी उनी गम्भीर घाइते भएकी थिइन् ।
त्यसक्रममा प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेर मिर्मिको कालीगण्डकी अस्पताल पठाएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए । बालकलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल पठाइएको छ ।