Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ कार्तिक । नेपाल आईसीसी टी–२० विश्वकपका लागि छनाैट भएको छ । शुक्रबार विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको हो ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेल्ने माैका पाएको थियो । शुक्रबार भएको छनाैट खेलमा यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७. ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । रोहित पौडेलले २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे ।

नेपालका आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए । दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए ।

बासिल हामिदले दशौं ओभरको तेस्रो बलमा गुलशनलाई २२ रनमा बोल्ड आउट गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । यूएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । यता, ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *