Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १८ कार्तिक । गएराति नेपालमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । मृतकको संख्या जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ पुगेको हो ।

भूकम्पका कारण भेरी नगरपालिकास्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् ।

यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जनाभन्दा बढी रहेको छ भने उद्धार कार्य भइरहेको छ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु बनाएर गएराति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *