ललितपुर महानगरमा साँझ–बिहान फुटपाथ व्यापर हटाउने निर्णयको विरोध, ईः १०८ घण्टा उभिने

ललितपुर, २५ मंसिर । साँझ–बिहान फुटपाथ व्यापर हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा सामाजिक अभियन्ता ईः ले १०८ घण्टा उभिने जनाएका छन् । ईः सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महानगरपालिकाको निर्णयविरुद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ घण्टा उभिने जानकारी दिएका हुन् । उनले निर्णयमाथि पुनर्विचार गर्न पनि महानगरपालिसँग आग्रह गरेका छन् । ई: ले यो नगर […]
यौन दुर्व्यवहारको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौँ, २५ मंसिर । सिन्धुपाल्चोकमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक विद्यालयका दुई शिक्षक पक्राउ परेका छन् । इन्द्रावती गाउँपालिका–६ मा स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन् । दुई छात्राले आफूमाथि याैन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएपछि […]
संघीय संसद् सचिवालयका महासचिव डा. गौतम द्वारा राजीनामा

काठमाडाैँ, २५ मंसिर । संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएको बताइएको छ । तर उनले राजीनामा दिनुका कारण भने खुलेको छैन । यसैबीच संघीय संसदका सचिव पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ । samajik_feedsamajikfeed.com
प्रभु साहसहित टोलीद्वारा जनकपुरधामका निर्माणाधीन आयोजनाहरूको अनुगमन

जनकपुरधाम, २५ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहसहित टोलीले मधेशको राजधानी जनकपुरधाममा निर्माणाधीन शहरी पूर्वाधार आयोजनाहरूको स्थलगत अनुगमन गरेको छ । सोमबार अध्यक्ष साहसहित मधेश प्रदेशका जनप्रतिनिधिहरूको टोलीले शहरी मन्त्रालयबाट निर्माण भइरहेका जनकपुरधाम बसपार्क, दूधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवनलगायतका आयोजनाहरूको अनुगमन गरेको हो । अनुगमनपछि अध्यक्ष साहले यी आयोजनाहरूको कार्य […]
सिरहास्थित एक विद्यालयका छात्रछात्रालाई झोलासहित सामग्री वितरण

सिरहा, २४ मंसिर । सिरहाको मिर्चैयास्थित श्री आधारभूत विद्यालय मटियर्वाका छात्रछात्रालाई स्कूल झोलासहितका सामग्री वितरण गरिएको छ । आइतबार मिर्चैया नगरपालिका–६ मटियर्वास्थित यो विद्यालयका १ सय २५ छात्रछात्रालाई स्कूल झोला र खेलकुद पोशाक वितरण गरिएको हो । ग्लोबल आईएमई बैंकको सामाजिक दायित्व कार्यक्रमका साथै लायन्स क्लब अफ मिर्चैया सिटी र विद्यालयको सहकार्यमा यी सामग्रीहरू वितरण […]
यू–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

यूएई । यूएईमा जारी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ । प्रतियोगितमा नेपालका लागि अर्जुन कुमालले ९१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । अर्जुनले १०८ बलमा १३ चौकाको मद्दतमा ९१ रन […]
करेन्ट लागेर एक सैनिकको मृत्यु

नुवाकोट, २४ मंसिर । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो । samajik_feedsamajikfeed.com
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध मुद्दा

काठमाडौँ, २४ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान एक अधिकृतविरुद्ध आरोप पत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत माधव बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती […]
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि बस्ने

काठमाडौँ, २४ मंसिर । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार बस्ने भएको छ । मङ्सिर २५ गते सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको पार्टीले जनाएको हो । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा माघमा हुने राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको […]
पत्रकारमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

विराटनगर, २२ मंसिर । पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका–६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीले जनाएको छ । राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो । बिहीबार दिउँसो समाचार संकलन […]