सिरहा, २४ मंसिर । सिरहाको मिर्चैयास्थित श्री आधारभूत विद्यालय मटियर्वाका छात्रछात्रालाई स्कूल झोलासहितका सामग्री वितरण गरिएको छ । आइतबार मिर्चैया नगरपालिका–६ मटियर्वास्थित यो विद्यालयका १ सय २५ छात्रछात्रालाई स्कूल झोला र खेलकुद पोशाक वितरण गरिएको हो ।
ग्लोबल आईएमई बैंकको सामाजिक दायित्व कार्यक्रमका साथै लायन्स क्लब अफ मिर्चैया सिटी र विद्यालयको सहकार्यमा यी सामग्रीहरू वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष अशोककुमार साहले जानकारी दिए ।
कार्यक्रममा मिर्चैया नगरपालिका–६ का वडा अध्यक्ष रामप्रकाश महासेठ, बैंकका शाखा प्रबन्धक सरोजकुमार झा, भरत गौतम, लायन्स क्लब अफ मिर्चैया सिटीका अध्यक्ष अरुणकुमार सिंह, मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ, रामनारायण साह, डा. शम्भु साह, नारायण साह, दिनेशप्रसाद साह तथा विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवका साथै शिक्षक, शिक्षिकाको उपस्थिति थियो ।