काठमाडौँ, २४ मंसिर । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार बस्ने भएको छ । मङ्सिर २५ गते सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको पार्टीले जनाएको हो ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा माघमा हुने राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।
विशेषगरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्तालगायत समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।