ललितपुर, २५ मंसिर । साँझ–बिहान फुटपाथ व्यापर हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा सामाजिक अभियन्ता ईः ले १०८ घण्टा उभिने जनाएका छन् ।
ईः सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महानगरपालिकाको निर्णयविरुद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ घण्टा उभिने जानकारी दिएका हुन् । उनले निर्णयमाथि पुनर्विचार गर्न पनि महानगरपालिसँग आग्रह गरेका छन् ।
ई: ले यो नगर कार भएकालाई मात्र नभई सबैका लागि भएको पनि जिकिर गरेका छन् । मंसिर १९ गते महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो । ई: ले विस्थापन होइन फुटपाथ व्यापारीको व्यवस्थापन गर्नसमेत माग गरेका छन् ।
यसअघि काठमाडौँ महानगरपालिकाविरुद्ध राष्ट्रिसभा गृहअगाडि ११९ घण्टा उभिएर विरोध जनाएका अभियन्ता ईः र महानगरपालिकाबीच असोज १० गते तीनबुँदे सहमति भएको थियो ।
