विवाहपञ्चमीमा राष्ट्रपतिको सन्देश: सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अझ बढ्ने

काठमाडौँ, १ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । प्राचीन […]
विवाहपञ्चमीमा बिदा दिने मधेश सरकारको निर्णय लहान नगरपालिकाले मानेन

सिरहा, १ पुष । विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारले हरेक वर्ष यस दिन सार्वजनिक बिदा दिँदै आएको छ । तर, मधेश सरकारको यो निर्णय सिरहाको लहान नगरपालिकाले मानेको छैन । लहान नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस दिन पनि नगरपालिका कार्यालय सञ्चालन रहने जानकारी दिएको हो । […]
गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै निजगढमा प्रदर्शन र चक्काजाम

बारा, ३० मंसिर । बाराको सिम्रौनगढमा युवकलाई गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै निजगढमा प्रदर्शनका साथै चक्काजाम गरिएको छ । मृतक युवक लक्ष्मी मुखियाका परिवार र स्थानीयले घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् । बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर […]
टिपरले मोटरसाइकललाई ठक्कर, दुई किशोरको मृत्यु

दाङ, ३० मंसिर । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ। गएराति रा. १ क १३०७ नम्बरको टिपरले रा. २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका– १० झारबैरा चोकमा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको […]
सिरहाको विष्णुपुरस्थित एक विद्यालयको होस्टेलमा किशोरी बलात्कृत

सिरहा, २९ मंसिर । सिरहाको विष्णुपुरस्थित एक विद्यालयको होस्टेलमा एक किशोरी बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीया किशोरी बिहीबार मध्यराति बलात्कृत भएकी हुन् । सिरहा नगरपालिका–१७ पटेर्वाका २५ वर्षीय शिक्षक रञ्जित यादवले बलात्कार गरेको पीडित किशोरीका परिवारको आरोप छ । होस्टेलमा कार्यरत आमाको ठाउँमा […]
अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको महतोको ठहर, आन्दोलनमा उत्रिन आह्वान

काठमाडौँ, २९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना नेता तथा कार्यकर्तामाथि षडयन्त्र भएको भन्दै आन्दोलनमा उत्रिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । वरिष्ठ नेता महतोले शुक्रबार विज्ञप्ति जारी गरी महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो आग्रह गरेका हुन् । महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लोसपाका नेता तथा […]
निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा २८ जना पक्राउ

काठमाडाैँ, २९ मंसिर । निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडाैँको माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन् । प्रहरीले १४ महिला र १४ पुरुष गरी २८ जना नियन्त्रणमा लिएको छ । बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन […]
बाँकेमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

बाँके, २९ मंसिर । बाँकेमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे. १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
सिम्रौनगढमा युवकलाई गोली प्रहार गर्ने प्रहरीसहितलाई कारबाहीको माग गर्दै प्रदर्शन

बारा, २८ मंसिर । बाराको सिम्रौनगढमा युवकलाई गोली प्रहार गर्ने प्रहरीसहितलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । मृतक युवक लक्ष्मी मुखियाका परिवार र स्थानीयले घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गरेका हुन् । बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय मुखियाको मृत्यु भएको […]
भारत–नेपालबीच डिजिटल सहकार्य आवश्यक: मन्त्री शर्मा

काठमाडौँ, २८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल र भारतबीच प्रविधिको प्रयोगमा सहकार्य बढाउनुपर्ने बताएकी छिन् । काठमाडौँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाले संयुक्त रूपमा गरेको कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरेकी हुन् । नेपाल डिजिटल रुपान्तरणमा […]