Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल र भारतबीच प्रविधिको प्रयोगमा सहकार्य बढाउनुपर्ने बताएकी छिन् । काठमाडौँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाले संयुक्त रूपमा गरेको कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरेकी हुन् ।

नेपाल डिजिटल रुपान्तरणमा तीव्ररुपमा अघि बढिरहेको जानकारी दिँदै उनले छिमेकी भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताइन् । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने भन्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताए ।

भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सहअध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताए ।

भारत–नेपाल डिजिटल कनेक्टिभिटीलाई विशेष महत्व दिँदै डिजिटल इकोनोमीमा नयाँपन दिनका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) को रूपान्तरणीय सम्भावनाको खोजी गर्न ‘Digital Public Infrastructure: Innovating together towards India-Nepal digital bridges’ नामक समिनार गरिएको हो । सेमिनारमा डीपीआईबारे विस्तृत जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *