सिरहा, २९ मंसिर । सिरहाको विष्णुपुरस्थित एक विद्यालयको होस्टेलमा एक किशोरी बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीया किशोरी बिहीबार मध्यराति बलात्कृत भएकी हुन् ।
सिरहा नगरपालिका–१७ पटेर्वाका २५ वर्षीय शिक्षक रञ्जित यादवले बलात्कार गरेको पीडित किशोरीका परिवारको आरोप छ । होस्टेलमा कार्यरत आमाको ठाउँमा त्यसदिन ती किशारी खाना पकाउन पुगेकी थिइन् । घटनापछि शिक्षक यादव फरार भएको विद्यालयका सञ्चालक संजय यादवले जनाएका छन् । उनले विज्ञान विषय पढाउँदै आएका थिए ।
स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।