सिरहा, १ पुष । विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारले हरेक वर्ष यस दिन सार्वजनिक बिदा दिँदै आएको छ । तर, मधेश सरकारको यो निर्णय सिरहाको लहान नगरपालिकाले मानेको छैन ।
लहान नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस दिन पनि नगरपालिका कार्यालय सञ्चालन रहने जानकारी दिएको हो । कार्यबोझ र सेवाग्राहीकी सुविधालाई मध्यनजर गरी विवाहपञ्चमीका दिन पनि नगरपालिकाको कार्यालय सञ्चालन रहने सूचनामा भनिएको छ ।
सामाजिक फिडसँगको कुराकानीमा नगरपालिकाका सूचना अधिकारी सुशीलकुमार साहले कार्यबोझका कारण ‘लहान नगरपालिका कार्यालय’ खोल्ने निर्णय भएको जानकारी दिए । यद्यपि नगरपालिका मातहतका विद्यालयलगायत अन्य कार्यालय तथा निकायहरू बन्द रहने पनि उनले स्पष्ट पारे ।
