बाँके, २९ मंसिर । बाँकेमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे. १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता डाँगीले जानकारी दिए ।